Logo

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, मुख्य एजेण्डा महासमिति बैठक



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्न १२ः१५ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने कार्यतालिका रहेको छ ।

कार्यसम्पादन समितिको बैठकमा समितिका पदाधिकारी र सदस्यहरुलाई बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्