Logo

‘कालो झन्डा देखाउँदै हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन, भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गरौं’



काठमाडौं,२९ मंसिर । नेकपा एमालेका अध्यक्ष केप शर्मा अ‍ोलीले पहिचानको नाममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गतको १६ औँ दिन तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पहिचानको नम दिएर हिंसात्मक गतिविधि गर्दै आएकाहरुलाई सो आग्रह गरेका हुन् ।

‘कालो झन्डा देखाएर, हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन । लोकतान्त्रिक विधिबाट माग पुरा गर्नुपर्छ ।’ अध्यक्ष ओलीले नेकपा एमालेमाथि जनताको भरोसा रहेको भन्दै भने ‘भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गर्नुपर्छ ।’

ओलीले आफूहरुको समृद्धिको लागि संकल्प यात्रा कोहि कसैकाविरुद्ध नभएको पनि प्रष्ट पारेका छन् । उनले सरकारले गरेका नराम्राकामको भण्डाफोर गर्न एमाले जनतासामू आएको भन्दै कालोझण्डा देखाएर हिंसात्मक र मुठभेडले समस्याको कुनै समाधान ननिस्किने बताए । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान गनुपर्ने उनको भनाइ छ । उनले एमालेलाई जालझेल गरेर सरकारबाट हटाएको बताए ।

ओलीलाई बिहीबार धनकुटामा पहिचानवादीले कालोझण्डा देखाउनुका साथै एकजनाले आक्रामणको प्रयाससमेत गरेका थिए । यद्यपि ती व्यक्ति पहिचानवादी नभएको एमालेको दाबी छ ।

बिहीबार साँझ एमोल प्रचरा विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ति जारी गर्दै ओलीमाथि आक्रमणको प्रयास गर्ने पहिचानवादी नभएर माधकपर्दाथले मातेको मानिस भएको जानकारी गराएका छन् । उनले सत्यतथ्य नबुझिनै पहिचानवादीले आक्रमण गरेको भनि समतार प्रकाशीत भएको भन्दै आपत्तिसमेत जनाएका छ्न ।

‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी) भन्ने व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनको वक्तव्यमा भनिएको छ,‘तथ्य नबुझी अनर्गल प्रचार नगर्न ,जनमानसमा भ्रम नछर्न,सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछु।’



प्रतिक्रिया दिनुहोस्