Logo

एमाले परित्याग गरेको ५ दिनमै पाण्डेले पाए आजपा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी



काठमाडौं,२९ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी नारायणप्रसाद पाण्डेले पाएका छन् ।

आजपाले हालै बसेको बैठकबाट प्रदेश कमिटीको इन्चार्जमा सुमिना हुसेनाई तोकिएको छ भने सहइन्चार्जमा प्रमानन्द वर्मा र विक्रम चौधरी रहेका छन् । यसैगरी प्रदेश सचिवमा आशा सञ्जेललाई चयन गरिएको सो पार्टीले जनाएको छ ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाउने पाण्डे नेकपा एमाले रुपन्देहीका नेता हुन् । उनी गत सोमबार मात्रै एमाले परित्याग गरेर आजपा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्