काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो ।
केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु हुनुभन्दा अगाडि पदाधिकारीको बैठक बसेको हो, उक्त बैठकपछि केन्द्रीय कार्यसम्पादन समिति सुरु हुनेछ । आजको बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठकले आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठकबारे टुंगो लगाउने छ । सभापति देउवाले चिसोलाई कारण देखाउँदै बैठक सार्ने मनस्थिति बनाएका छ्न । तर, संस्थापन इतर समूहका नेताहरु कुनैपनि हालतमा बैठक सार्न नहुने पक्षमा रहेका छन् । आजको बैठकले उक्त विषयमा टुंगो लगाउने छ ।