Logo

कांग्रेस महासमिति बैठकको मिति तेस्रो पटक सर्‍यो,फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय



काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठकको मिति तेस्रो पटक सरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तेस्रो पटक मिति सारेको हो ।

राष्ट्रियसभा निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक  सारिएको हो ।

आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठकलाई फागुनसम्म धकेल्ने निर्णण भएको एक नेताले जानकारी दिए । उनका अनुसार महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने निर्णय भएको छ ।

यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।

त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्