काठमाडौं, मंसिर ३० । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बदली र अरु ठाउँमा मौसम सामान्यतया सफा नै छ । त्यस्तै, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री रहेको थियो । महाशाखाका अनुसार चिसो बढेपनि तत्काल वर्षा हुने सम्भावना भने कम रहेको छ ।