Logo

ब्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकथरी तत्वहरुले संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन् । आज (शनिबार) ललितपुरको थेचोमा आयोजित नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई सम्बोधन गर्दै उनले सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गर्ने संविधान तथा लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका हुन् ।

साथै, लोकतन्त्रमा मात्रै सबै संस्कृतिहरु समान रुपमा मौलाउन सक्ने उनले बताए । संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

केही तत्वहरुले संविधान र ब्यवस्थामाथि प्रहार गरिरहेको बताउँदै उनले जनस्तरबाटै त्यसको प्रतिरोध हुन आवश्यक रहेको बताए ।

‘लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको ब्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्