Logo

‘वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्नेबारे छलफल र निर्णय भएको छैन’



काठमाडौं, १ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालायले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएका बताएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निजी सचिवालयले आज विज्ञप्ति जारी गर्दै ट्रेड युनियनहरुलाई नेपाल सरकारले निर्णय नगर्दासम्म वायु सेवा निगमको भूमिस्थ सेवा कायमै रहने बताएको हो ।

साथै, मन्त्रालयले वायुसेवा निगमको समग्र सुधारमा केन्द्रीत हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाई कार्य गर्न निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूलाई आग्रह गरेको छ ।

साथै, ट्रेड युनियनहरूले संचालन गरेका आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किनसमेत कर्मचारीहरुलाई मन्त्री किरातीले निर्देशन दिएका छन् ।

माफियाहरुको प्रभावमा परेर वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न लागिएको भन्दै पछिल्लो समय मन्त्री किरातीको आलोचना भइरहेको छ ।

साथै, नेपाल वायु सेवा निमग संवद्ध कर्मचारीहरु युनियनहरुले लामो समयदेखि ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्न लागिएको भन्दै विरोधमा धर्ना जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्