Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, पुस २ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्