Logo

दुई संसदीय समितिको बैठक बस्दै, निगम र न्यायाधिशको विषयमा छलफल र सुनुवाई हुने



काठमाडौं, पुस २ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेको सम्बन्धमा, नयाँ विमान खरिद प्रक्रिया सम्बन्धमा र नेपाल वायुसेवा निगम संवद्धका विषयमा छलफल हुनेछ ।

यस्तै, बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सर्बोच्च अदालतका प्रस्तावित न्यायाधिश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ हुनेछ ।.



प्रतिक्रिया दिनुहोस्