Logo

प्रचण्डकी नातिनीको विवाह समारोह सामान्य पिकनिक गर्ने चौर जस्तैमा आयोजना भएको थियो : हिमाल शर्मा



काठमाडौं, २ पुष । नेकपा (माओवादी केन्द्र) का युवा नेता हिमाल शर्माले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी प्रतिभा पाठकको विवाह सामान्य रहेको भन्दै बाहिर चर्चा भएकोजस्तो भड्किलो नभएको दाबी गरेका छन् । प्रचण्डकी छोरी रेनु दाहालकी छोरी प्रतिभाको विवाह काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा भएको थियो । सो विवाहलाई लिएर सञ्जालमा प्रचण्डको सर्वाधिक आलोचना भएको छ । राजर्षी शैलीमा विवाह गरिएको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले नै आलोचना गरेको बेलामा युवा नेता शर्माले भने विवाह सामान्य रहेको भन्दै बचाउ गरेका छन् ।

शर्माले फेशबुकमा लेखेका छन्–

रेनु दाहालकी छोरीको विहेको कुरालाई कतिपय मानुभावले निकै चासो राखेको र विषयलाई भ्रमित गरेको पाईयो !
यसो सरसर्ति हेर्दा जो त्यस समारोहमा उपस्थित हुनुभएको छ ! उहाहरु प्राय सबैलाई सोचे भन्दा सामान्य नै लागेको छ ! उहाहरुको कुनै नेगेटिभ कमेन्ट भेटीएन !

तर जो त्याहा पुग्नुभएन फोटोमा त्यै एउटा फोटोसुटको लागि फुलले सजाईएको सानो सुन्दर मन्च मात्र देख्नु भयो ! त्यसैलाई आधार मानेर अरु त के के न भए होला भन्ने ठानेर कमेन्ट गर्नु भएको होला जस्तो लाग्छ !

मेरो अनुभुतिमा त्यस्तो उधुम तडकभडक केहि पाईन ! त्याहा रिसोर्टका हलहरु बुकिंग गरि बढो तामझाम सहितका अन्य विवाहहरु पनि थिए ! यो विबाह समारोह सामान्य पिकनिक गर्ने चौर जस्तैमा आयोजना भएको थियो ! भिईपीहरुको लागि छुट्टै स्पेसल भन्ने पनि केहि थिएन ! बेकारमा कसैले टाउको नदुखाउनु होला !



प्रतिक्रिया दिनुहोस्