काठमाडौं,२ पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भोलि बिहान ८ बजेका लागि पदाधिकारी बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा विधान सम्मेलनको तयारी, रुपान्तरण अभियानको समिक्षाका बारेमा छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुने बताईएको छ । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ ।