जनकपुरधाम, पुस ४ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले भोली पुस ५ गतेदेखि हुने प्रथम प्रदेश सम्मेलन
कार्यक्रमबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछ ।
पार्टी सभापति एवम पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा उद्घाटन हुने उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ । कांग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादबको सभापतित्वमा आयोजना हुने सम्मेलनको पहिलो दिन उद्घाटन र दोस्रो दिन प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा बन्द सत्रको कार्यक्रम रहेको छ ।
सोहि विषयमा जानकारी दिन आज जनकपुरधाम प्रदेश कार्यालयमा पत्रकार सम्मेनको आयोजना हुन लागेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।