Logo

नगरपालिकाको ब्यानर छोपेर कार्यक्रम गर्नु गल्ती भयो भन्दै गगनले मागे माफी



काठमाडौं,४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा मागेका छन् ।

पाल्लाको जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड ढाकेर कार्यक्रम गरिएको थियो । नगरपालिकाको व्यानर छापेर पार्टीको कार्यक्रम आयोजना गरेको भन्दै चौतर्फी आलोचना भईरहेको छ । आलोचना बढ्दै गएपछि उनले ब्यानर छोप्नु र सम्मेलनको व्यानर राख्नु गम्भीर लापरवाही भएकाले आगामी दिनमा यस्तो नहुने भन्दै उनले क्षमा मागेका हुन् ।

“पाल्ला जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु,सरी ! सम्मेलनको लागि नगरपालिको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरुले पनि मेरो कुरा सुन्न पाउनुप¥यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो । त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो पनि गल्ती हो । त्यसप्रति म माफी चाहन्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ । आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ,” थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्