Logo

राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाएपछि लेखा समिति सभापतिको आक्रोश, सरकारी सुन्ड मुसन्डले एनसेलमा विषयान्तर गर्न खोजेको दाबी



काठमाडौं,४ पुस । एनसेलको शेयर बिक्री प्रकरणबारे छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दानहाल प्रचण्डलाई बोलाएर छलफल गरेपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन् ।

एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि पोखरेलले आक्रोश व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भनेका छन्,“सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”

मंगलबार राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफल गरेको थियो । तर, एउटा समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी प्रधानमन्त्रीसहितलाई बोलाउने र अनि प्रधानमन्त्री त्यहीँ गएर यस्तो प्रस्तुति दिने कुराले सरकारी प्रायोजनमा समिति चल्न थालेको र यो भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने काम गरेको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।

सुशासन समिति बैठकमा मंगलबार एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ मागिएको थियो । प्रचण्डले एनसेल प्रकरणमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको उनले बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्