काठमाडौं,४ पुस । जिल्ला प्रहरी कार्यालय चितवनले ३९६ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बैजई थाना सम्बल जिल्लाका ४५ वर्षीय अनिल गिरी र कुटवापुर गाउँपालिकाका ३७ वर्षीय राजपाल सिंह रहेका छन् ।
उनीहरुलाई नेपाल प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाबाट गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
भारतीय नम्बर प्लेट (जेएच ०२ डब्लु ९६३१) को ट्रकमा मुग्लिनबाट नारायणगढतर्फ तस्करी गर्ने क्रममा प्रहरीले उक्त प्रतिबन्धित पदार्थ बरामद गरेको हो । प्रहरीले ट्रकको क्याबिनबाट २८ प्याकेट गाँजा बरामद गरेको छ ।
एसपी रामेश्वर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । file photo