काठमाडौं,४ पुस । लामो समयदेखि बैवाहिक बलात्कारको मुद्दामा न्यायका लागि आन्दोलनमा होमिएकी बिनु यादव पक्राउ परेकी छन् ।
प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो । आफ्नै श्रीमान प्रदीप कडायतबाट घरेलु हिंसामा परेकी यादव उसिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो ।
नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । file photo