काठमाडौं,५ पुस । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत उद्घाटन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभमा ४ विकेट गुमाएर ११७ रन जोड्यो । उसका लागि यसोधा विष्टले ३९ बलमा ६ चौका हिर्काउँदै ४७ तथा कप्तान अस्मिना कर्माचायले ३० रन जोडिन् । त्यस्तै हेलिसा गुरुङले १२ रन थपिन् ।
बलिङतर्फ मधेशकी पुजा महतोले २ तथा कविता गौतमले १ विकेट लिईन् ।