Logo

जिल्लाका तीनै तहका जनप्रतिनिधि लिएर बालुवाटार पुगे वर्षमान पुन



काठमाडौं, ५ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा खण्डको सहिद मार्ग सडक आयोजनाको स्तरोन्नती, कालोपत्र गर्ने काममा ढिलासुस्ती र बजेटको अभाव भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यााकार्षण गराएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर पुन नेतृत्वमा जिल्लाका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले आज सो सडक खण्डको स्तरोन्नतीको काम प्रभावकारी ढंगले होस भन्ने माग पूरा गर्न प्रधानमन्त्री दाहालको ध्यानाकार्षढा गराएका हुन् ।

प्रधानमन्त्री दाहालसँगको भेटबारे पुनले भनेका छन्–‘संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थितिमा सहिद मार्ग सडक आयोजना रोल्पा खण्डको स्तर उन्नती, कालोपत्र काममा ढिलासुस्ती, अनुगमन, बजेट्को अभाव लगायतका समस्याहरुको यथाशिघ्र सम्बोधन गर्नको लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचन्ड” लाई माग गरिएको छ।’



प्रतिक्रिया दिनुहोस्