काठमाडौं,५ पुस । प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीले सुखद सुरुवात गरेको छ ।
१०३ रनको विजयी लक्ष्य पछ्र्याको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै गण्डकीलाई ४ विकेटले हराउँदै लुम्बिनीले विजयी सुरुवात गरेको हो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले ४२ तथा कप्तान सरस्वती जीएमले १२ रन थपिन् । बलिङतर्फ गण्डकीका श्रृष्टि जैसीले २ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भए ।
यसअघि आजै भएका अन्य खेलमा बागमती, एपीएफ र कोशीले विजयी सुरुवात गरिसकेका छन् । बागमतीले मधेशलाई हराउँदा, एपीएफले सुदूरपश्चिम र कोशीले कर्णालीलाई हराएका छन् ।