काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० अन्तर्गत समूह चरणको दोस्रो खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सक्यो ।
बागमतीका लागि यसोधा विष्टले ४१ र कप्तान अस्मिना कर्मचार्यले २४ रन बनाए । बलिङतर्फ कोशीकी सवनम राई र अप्सरी बेगमले समान २ विकेट लिए । पहिलो खेलमा दुबै टिमले विजयी सुरुवात गरिसकेका छन् ।