Logo

पीएम कप महिला क्रिकेटः एपीएफले दियो लुम्बिनलाई १५२ रनको विशाल लक्ष्य, इन्दू र ममताको अर्धशतक



काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको खेलमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन जोडेको हो । उसका लागि राष्ट्रिय महिला टिमकी कप्तानसमेत रहेकी इन्दू बर्माले ७० रनको शानदार अर्धशतकीय पारी खेलिन् । मात्र ५१ बलको सामना गरेकी इन्दूले ७ चौका र १ छक्का हिर्काईन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रनको अर्धशतकीय पारी खेलिन् ।

त्यस्तै कप्तान सीता राना मगरले ८ रन थपिन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र सर्मिला रोकाले समान १ विकेट लिईन् ।



प्रतिक्रिया दिनुहोस्