Logo

कानून समितिको बैठक स्थगित,५६ सांसद बोलाउँदा २० जनामात्र उपस्थित



काठमाडौं,८ पुस । संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

विधेयकमाथि छलफलका लागि ५६ जना सांसदहरूलाई खबर गर्दा २० जना मात्रै आएपछि बैठक स्थगित भएको हो ।  तर, आजको बैठकमा संशोधनकर्ता सबैलाई एकसाथ बोलाउनुपर्ने माग उठेपछि बैठक स्थगित गरिएको हो ।

आइतबार सिंहदरबार स्थित समितिको हलमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकु को सम्बन्धमा छलफलका लागि बोलाईएका सांसद नआएपछि आउँदो पुस १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा एमाले सा.सल रघुजी पन्त, रास्वपा सांसद डीपी अर्याल, गणेश पराजूलीलगायतले प्रर्याप्त सांसद उपस्थित नभएको भन्दै स्थगित गर्न माग गरेका थिए । सांसदहरुको आग्रहपछि सभापति विमला सुवेदीले बैठक स्थगित गरेकी हुन् ।

उनले अबको अर्को बैठकमा संशोधन कर्तालाई सांसदलाई म्यासेज मार्फत पनि खबर गरेर बैठकमा बोलाउने उल्लेख गरिन् । पुस १६ गते बिहान ११ बजे विधेयक संशोधनकर्ता सांसदहरूको संयुक्त बैठक बस्ने सभापति सुवेदीले जानकारी गराइन् ।



प्रतिक्रिया दिनुहोस्