Logo

ओलीको आक्रोश: उद्योगी–व्यवसायी तड्पिरहेको समयमा सरकारले बिजुलीको लाइन काटेर तर्साउन खोज्यो



काठमाडौं,८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी–व्यवसायी तड्पिरहेको समयमा सरकारले बिजुलीको लाइन काटेर तर्साउन खोजेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

मंसिर १४ गते बैतडीको झुलाघाट गोठालापानीबाट सुरु भएर मंसिर ३० मा पाँचथरको चिवाभञ्ज्याङमा समापन भएको समृद्धिका लागि संकmप यात्राबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले उद्योगी व्यवसायीको मर्का नबुझेको भन्दै आपत्ति जनाएकबा हुन् ।

‘अहिले देशमा विभिन्न समस्या छन् । डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ । सरकारले डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने भन्ने व्यवसायीको भनाइ छ,’ ओलीले भने, ‘उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत् बन्द गर्ने काम उचित होइन । सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो भएन ।’

विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको महसुल असुल्ने तयारी गरेपछि व्यवसायी मारमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्