काठमाडौं,८ पुस । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाका लागि संसद सचिवालयमा निवेदन दिएका छन् ।
महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा शसस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरलिाई जिल्ला अदालत महोत्तरीले सफाइ दिएपछि निलम्बन फुकुवाका लागि संसद सचिवालयलाई निवेदन दिएका हुन् ।
२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।
हत्या अभियोग लागेपछि फरार रेहका कोइरीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा महोत्तरी १ बाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराउँदै विजयी बनेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए ।