काठमाडौं,९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटअन्तर्गत मधेश प्रदेशले गण्डकी प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ । मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ८५ रनमै समेटिएपछि मधेशले २७ रनको जित निकालेको हो ।
गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रनको पारी खेलेपनि टिमलाई जिताउन सकिनन् । गण्डकीका लागि श्रृष्टि जैसीले पनि १५ रन थपिन् । अन्य कुनैपनि खेलाडीले राम्रो पर्दशन गर्न सकेनन् । बलिङतर्फ मधेशकी पूजा महतोले तीन तथा साक्षी यादव, सरस्वती कुमारी र कविता गौतमले समान १ विकेट लिईन् । यो जितसँगै लगातार चौथो हार ब्यहोर्नबाट मधेश जोगिएको छ ।
यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो । मधेशका लागि पूजा महतोले ३८ तथा सरस्वतीकुमारीले २६ रन बनाइन । त्यस्तै प्रतिमा साहले १० रन थप्दा अनुराधा चौधरीले ९ रन थपिन् । मधेशले अतिरिक्तरुपमा २२ रन पायो ।
बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले तीन विकेट लिएकी थिईन । आजको अेद सकिएसँग मधेश र गण्डकी दुबैले चार खेलमा तीनमा हार र एकमा जित निकालेका छन् । मधेश अंकतालिकाको सौ स्थानमा र गण्डकी छैटौ स्थानमा रहेको छ । अन्तिम स्थानमा भने लगातार चौथो हार भोगेको कर्णाली प्रदेश रहेको छ ।