Logo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सहसचिव सापकोटाको चमत्कार



काठमाडौं, ९ पुष । भूमि व्यवस्था, सहकारी तथा गरिव निवारण मन्त्रालयका सहसचिव कृष्णलाल सापकोटा कार्यसम्पादनमा उत्कृष्ट ठहरिएपछि मन्त्री रञ्जिता श्रेष्ठ चौधरी खुशी छिन् । चौधरीले यो मन्त्रालयको नेतृत्व सम्हालेपछि अहिले मन्त्रालयका दैनिक कार्यसम्पादन प्रभावकारी बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कार्यसम्पादन राम्रो भएको भन्दै मन्त्री श्रेष्ठको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

यता, मन्त्रालयमा भने गरिबी निवारणतर्फका सहसचिव सापकोटाको कामकारबाहीलाई लिएर सकारात्मक चर्चा हुने गरेको छ । उनी यो मन्त्रालयमा आएको चार÷पाँच महिना भएको छ । तर, उनले छोटो समयमा नै सकारात्मक नजिता प्रदान गरेका छन् । सबै कर्मचारीसँग समन्वय गरेर काम गर्ने र मिलनसार व्यक्तित्वका धनी सहसचिव सापकोटासँग र्यटन मन्त्रालयमा पनि बसेर काम गरेको अनुभव छ ।

भोजपुरको अरुण गाउँपालिका वडा नम्बर २ कुनाखर्क स्थायी घर भएका सापकोटाले यसअघि स्थानीय सरकार नागार्जुन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर र अख्तियारमा पनि बसेर काम गरिसकेका छन् । उनले थाईल्याण्डको प्रसिद्ध विश्वविद्यालय प्रिन्स अफ सोङ्ला युनिभर्सिटीबाट इनभाइरोमेन्ट म्यानेजमेन्ट एण्ड इको टुरिजममा विद्यावारिधी गरेका छन् ।

उनले मन्त्रालयमा हुने कामका ढिलासुस्तीलाई हटाएका छन् । अहिले प्रशासनमा उनले राम्रो कमाण्ड गरेका छन् । उनको कुशल नेतृत्व कौशलको मन्त्रालयमा सकारात्मक चर्चा भैरहेको छ । कतिपय वर्षौदेखि हुन नसकेका कामहरु पनि उनले फत्ते गरेर मन्त्रालयमा चमत्कार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्