काठमाडौं,११ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा कोशी प्रदेशले चौथो जित निकालेको छ । कोशीले आज भएको खेलमा गण्डकी प्रदेशलाई ५५ रनले हराउँदै चौथो जित दर्ता गरेको हो ।
कोशीले दिएको १०४ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा समेटिएपछि कोशीले चौथो जित सुरक्षीत गरेको हो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक २१ रन जोडिन् । २० बलको सामना गरेकी उनले नटआउट रहँदै ३ चौका हिर्काइन् । उनीबाहेक अन्य कुनैपनि खेलाडिले रन जोड्न सकेनन् ।
बलिङतर्फ कोशीका रुविना क्षेत्रीले तीन तथा, संगिता राई र एलिसा खडियाले समान २ विकेट लिइन् । यो जितसँग कोशीले प्लेअफमा स्थान सुरक्षित गर्दा गण्डकी प्लेअफमा पुग्ने सम्भावना लगभव सकिएको छ । कोशी ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहँदा गण्डकी २ अंकसहित पाँचौ स्थानमा रहेको छ ।