Logo

माओवादी सांसदको गुनासो: कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा प्रहार भयो !



काठमाडौं,१२ पुस । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरिएको विषयमा भएको आलोचनप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले आपत्ति जनाएकी छन् ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो । तर, उक्त निर्णयको आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद लामाले कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उनीमाथि प्रहार भएको बताएकी छन् ।

“कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उहाँमाथि प्रहार भयो । यो प्रहार महिला, धर्म, भेगमाथिको प्रहार भएको हो । यसप्रति मेरो घोर आपत्ति छ,” उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्