Logo

वीरेन्द्रको आवश्यकत्ता र अपिहार्यता झनै खड्किँदै गएको छ : सञ्चार उद्यमी शाह



राजा वीरेन्द्रको जीवनी पठ्यक्रममा राख्नु पर्नेमा धमलाको जोड

काठमाडौं, १४ पुस । राजा वीरेन्द्रको आवश्यकत र अपिहार्यता झनै खड्किदै गएको सरोकारवालाहरुले बताएका छन् । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले आयोजना गरेको राजा बीरेन्द्रको ७९औं जन्मजयन्तिको अवसरमा ललितपुरको जावलाखेलस्थित शालिकमा माल्र्यापणसहित दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सञ्चार उद्यमी उज्जलजंङ्ग पराक्रम शाहले विश्व शान्तिका दुत एवं विकास र जनतापे्रमी राजा वीरेन्द्रको आवश्यकता र अपिहार्यता आज झनै खड्किदै गएको बताएका छन् ।

उनले राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीको हृदयमा उत्तिकै सम्मानित र स्मरणीय रहको बताउँदै उनले राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने हत्यारालाई कारवाही गर्न‘पर्ने बताए । देश भ्रष्टाचारले जजर हुँदै गएको हुँदा राजा वीरेन्द्रको गरेको विकास, विश्व शान्तिको लागि गरेको त्यागको अनुशरण गर्नु पर्ने बताए ।

‘आज जनताले धैरे सास्ती व्यहोर्नु परेको छ । जनतालाई काढा घोच्नु भनेको मलाई घोच्नु हो भन्ने, जनतालाई परेको समस्या आफ्नै हो भनि बुझ्ने राज वीरेन्द्र भएको हुँदा आज उहाँका अपिहार्यत र आवश्यकता झनै खड्किएका छ’– उनले भने, ‘प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिका दुत राजा वीरेन्द्रलाई स्मरण गर्दै गर्दा उहाँको हत्यारलाई पत्ता नलाग्नु दुःखद् कुरो हो ।’
स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले विश्वशान्ति क्षेत्र घोषणको लागि त्याग गर्ने नेता राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्तिको लागि गरेका योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई हामी कहिल्यै भुल्न नसकिने बताए ।

प्रतिष्ठानका सचिव रञ्जित धमलाले राजा वीरेन्द्रको देश र जनताप्रति गरेको त्यागको उच्च मुल्यांकन गर्दै उहाँको शान्ति र विकासको गरेका कामको अनुशरण गर्नुपर्ने बताए । उनले राजा बीरेन्द्र र राजसंस्थालाई गलत देख्ने राजनीतिक दल÷नेता तथा व्यक्तिहरु भ्रष्ट छन् भन्ने कुरा त प्रष्टै छ र प्रमाणित भइसकेका बताए ।

उनले जनताको लागि होइन आफ्नै परिवार र दलगत स्वार्थमा लिप्त भएको टिप्पणी गरे । स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्म सेटिङ्ग गरेर देशमा ब्रह्मलुट गरेका छन् । छिटो भन्दा छिटो हत्यारा पत्तालगाई सत्य तथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन प्रतिष्ठान राज्यसँग माग गर्दछ । राजा वीरेन्द्रको जीवनी पठ्यक्रममा राख्नु पर्नेमा उनको जोड छ ।

कार्यक्रममा अभियान्ता काजीलाल श्रेष्ठ, शिवसेना नेपालो अध्यक्ष कुमार बस्नेतलगायत विभिन्न संघ/संस्थाका अभियन्ताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । वि.स.२०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्यहरु एकै ठाउँमा हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्