काठमाडौं,१४ पुस । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।
परिवर्तित नाम गौशाला २६ माथि भएको बलात्कार मुद्दामा शुक्रबार लामिछाने जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको थियो ।
जिल्ला अखालतले दामिछानेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकेको थियो । रिट जाहेरीकर्ता नावालिग नरहेको पनि अदालतले फैसला गरेपछि उनलाई कम्तिमा ७ देखि बढीमा १० वर्षको कैद सजाय हुनेछ ।
नाबालिग नरहेको हुँदा लामिछानेले थुनामा नबसीनै उचच अदालतमा पुनरावेदन दिन सक्ने भएको हुँदा जिल्ला अदालतबाट सजाय निर्धारण भएपछि र पूर्णपाठ तयार भएपछि उनको टिम उच्च अदालत जाने तयारी गरेको उच्च स्रोतले बताएको छ ।
सन्दीपविरुद्ध गौशला २६ ले गत वर्षको भदौमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।