काठमाडौं, १५ पुष । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले बालकुमारी घट्नाबारे सत्य, तथ्य बाहिर ल्याउनको उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । गठबन्धनका नेताहरुले सरकारले तत्काल उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने सुझाव दिएका हुन् ।
भोलि (सोमबार) विहानको लागि बोलाईएको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गर्ने बताईएको छ । छानबिन समितिको नेतृत्व भने पूर्व न्यायाधीशले गर्ने सहमति बनेको छ ।
भोलि नै छानबिन समिति गठन हुने र भोलिदेखि नै त्यसले काम थाल्ने बताईएको छ । सरकारले उक्त घट्नामा निधन भएका दुई जना युवाका परिवारलाई १०÷१० लाख दिने निर्णय गरिसकेको छ । file photo