Logo

ग्राउण्ड-ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै मन्त्री किराती फायर, पोखे असन्तुष्टि



काठमाडौं, १५ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले देशलाई वायुसेवा निगम चाहिने भएको भन्दै त्यसलाई बचाउनको लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारेका छन् । उनले निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा अनावश्यक विवाद नझिक्ने र कोकोहोलो नगर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

आज (आइतबार) नेपाल नागरिक उड्डयन प्राधीकरणको २५औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो टिप्पणी गरेका हुन् । सम्बोधनको क्रममा उनले भने,‘यहाँ वायुसेवा निगमको बारेमा बिना प्रसंग बढी किन कुराहरू उठ्छन् ? के तपाईहरू नीति निर्माता हो ? जानुहोस् आन्दोलन गर्नुहोस् । प्रधानमन्त्रीसँग डेलिगेसन गर्नुस् र अनुमति लिएर आउनुहोस् ।’

उनले वायुसेवा निगम राख्ने कि नराख्ने भन्ने कुरा सरकारको निर्णयको कुरा हुने सुनाए । उनले थपे,‘यसमा त अझ राष्ट्रिय सहमतिको कुरा हुन्छ । पटक–पटक तपाईहरू किन वायुसेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? हो त्यो सच्चिनुपर्छ, सुधार्नुपर्छ, विकास गर्नुपर्छ, हामीलाई पनि थाहा छ, वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईहरू ठूलो–ठुलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्