Logo

राजा ल्याउँछु भन्नेहरूलाई ओलीको जवाफ : हाम्रो कपाल त्यत्तिकै फुलेको छैन्, राजतन्त्र फर्किन दिदैनौं (भिडिओसहित)



काठमाडौं, १६ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र भनेको फाल्तु गफ भएको भन्दै अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसले आज (सोमबार) काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘एकथरी मान्छेहरु छन्, राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्छन् । भारतमा लगभग ५६५ राजा रजौटाहरु थिए । ती राजाहरु हुन्थे होला नि त ? सिक्किममा राजासहितको स्वतन्त्र देश थियो, राजा त थिए नि । बच्यो त देश ? देश बचाउने जनताले हो । राजतन्त्रको बहस अब नेपालमा आवश्यक छैन् । दरबार हत्याकाण्डकै बेलामा त्यतिबेलै सिद्दियो । हामीले अलिकति पर्याप्त र उपयुक्त कदम नचालेको कारण अलिक दिन डमी राजततन्त्र चल्यो अनि त्यसले तमाशा देखायो । राजतन्त्रले नेपाली जनतालाई अढाई सय वर्षसम्म चुसेर नेपाली जनतालाई गरिब बनाउने काम गरेको हो । कस्तो राजा ल्याउन खोजेको ? यी दललाई जेलमा हालेर एकदम तानाशाह राजा बनाउन खोजेको हो ? सेरोमेनोयिल हो भने त राष्ट्रपति रामचन्द्र पौडेल हुनुहुन्छ । राजतन्त्र भन्ने फाल्तु गफ हो । चिहानबाट निकालेर नली खुटाको हड्डी फुकेर कहाँ पुगिन्छ ?’

सम्बोधनको क्रममा उनले विपी कोइराला भारतबाट स्वनिर्वासित भएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै तीन सन्दर्भ सुनाए । उनले भने,‘आज अन्तर्राष्ट्रिय सम्वत् २०२४ को पनि शुभकामना । कांग्रेसका साथीहरुले यस दिवसालाई निरन्तरता दिनुभएको छ । एकता दिवस, मेलमिलाप दिवस भनेर मनाउनुभएको छ । विपी कोइराला दुई तीन सन्दर्भमा नेपाल आउनुभएको हो । सिक्किम अप्ठ्यारो स्थितिमा थियो, निलिँदै थियो । सिक्किम भर्खरै निलिएको अवस्थालाई देखेपछि राष्ट्रियताको रक्षा गर्नुपर्छ भन्ने परिस्थिति बनेको थियो । त्यो अनुभूति विपीमापनि थियो । दोस्रो सन्दर्भ भनेको विपी कोइरालालाई खासगरी बसि नसक्नु अवस्था बनाएको थियो भारतमा । तेस्रो सन्दर्भ भनेको नेपालमा डेमोक्रेमसीको पूर्ण रुपमा अभाव थियो । राजासँग नेपाली कांग्रेसको मेलमिलाप वा विपीको मेलमिलाप भएको थियो । तर, आज अवस्था र व्यवस्था परिवर्तन भएको छ । कांग्रेसका नेताहरुले आजको सन्दर्भमा केही भन्नुपर्छ ।’

उनले अहिले राजतन्त्र समाप्त भएको अवस्था उल्लेख गरे । उनले भने,‘राजतन्त्र त सकिएको छ । अब जनताबीचको एकता हो । हिजो अर्कै सन्दर्भ थियो । आज अर्कै छ । यसको व्याख्या नेपाली कांग्रेसले गर्नुपर्छ । अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढ्ंगा फालेर तरंग ल्याउने मेरो ईच्छा छैन् । त्यतापट्टि म जान चाहिनँ । त्यस सिमाभित्र म बोल्छु । विश्वप्रकाशजीले अलिकति, मेलमिलाप दिवसमा आउनेबित्तिकै भाटे कारबाही ? अग्ला घर किन बनाईएस ? ट्रकै कुदाउनुपर्नेमा पाईपलाईन किन बिच्छाईएस ? हुलाकी राजमार्ग किन बनाईएस ? ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लल्कार्नुभयो । त्यतापट्टि म जादिनँ । यत्ति हो–लंकेश, कहिले कहिले खतरा आउँछ कि क्यो हो भनेर झस्किन्थे । अनि उनका मान्छेहरु आउँथे । समय नघर्कियोस ।’

ओलीले बालकुमारी घट्नाबारे पनि आफ्नो भनाई राखे । उनले भने,‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन गए ? थुप्रै प्रश्न उठेका छन् । तिनको जवाफ के हो ? मान्छे मारेर, गोलीमात्रै चलाएको होईन । बन्दुकको कुन्दाले हानेर मान्छे मारेको छ । यो सहज कुरा हो र ? सरकारले काम गर्न सकेनर भनेर भन्दैन् । किन युवा मार्यो भन्दैन् ? यस्ता परिस्थिति छन् । सरकराले किन काम गर्न सकेन भनेर भन्दैन् । सरकार यत्रो नालायाकी देखाएको छ, एमाले के हेरेर बसेको छ भनेर हामीमाथि हमालमाथि भएको छ । प्रचारको तरिका नि एउटा, मन्त्री झण्डा हल्ला जान्छ र गोली चल्छ ।’

उनले देउवालाई हेर्दै एकता के मा ? भन्दै प्रश्न तेर्साए । उनले भने,‘म नेपाली कांग्रेस, कांग्रेससँगै गठबन्धनलाइ पनि भन्नुपर्ला । अब एकताको दिवस मनाउनुभएको छ । एकता के मा ? हामीले छानेर ल्याएको प्रणाली । लोकतन्त्रको भनेको प्रतिष्पर्धा हो । प्रतिष्पर्धा स्वस्थ हुनुपर्दछ । डेमोक्रेसीमा प्रतिष्पर्धा हुन्छ । डेमोक्रेसीको रक्षाको लागि एक छौं । यसमा कुनै सन्देह छैन् । कतिपय सामाजिक सञ्जाल र पत्रपत्रिकाले लेख्छन्– तीन वटा नेता भेट्दा पनि लेख्छन् । यो त डिक्लेर्ड छ । हाम्रो कपाल त्यत्तिकै फुलेको छैन् । हामी राजतन्त्र फर्किन दिदैनौं । यहाँ डेमोक्रेसीमात्र हुन्छ । लोकतान्त्रिक गणतन्त्रमा हामी एक छौं । शान्तिको प्रश्नमा हामी एक छौं । हुनपर्छ । सुशासन र विकासका प्रश्नमा एक छौं र हुनुपदर्छ । नेपाली कांग्रेसको नीति के हो ? एकतले घर मात्रै बनाउने हो ? थोरै जमिनमा अलिक धेरै तला भएको, जमिनको किफायत होस । मैले दमकमा एउटा टावर बनाएको छु, त्यो टावर होईन, विजनेस घर हो । हामी पूरानै सोचमा होईन ।’

उनले नेपालमा हातमुख जोड्नेको संख्या १५ प्रतिशत रहेको भन्दै बाँकी ८५ प्रतिशतको पनि कुरा गर्नुपर्ने सुनाए । उनले भने,‘नेपालमा ह्याण्ड टु माउथ १५ प्रतिशतको समस्या हो । ८५ प्रतिशतको कुरापनि गर्नुपर्छ । हामी राष्ट्रियताको सवालमा एक हुनुपर्छ । हाम्रो पूर्खाले लडेर बचाएको देश हो यो । हाम्रा पुर्खाले तोपका अगाडि खुकुरी जुधाएर लडेका थिए । अहिले हामी आँखा जुधाएर कुरा गर्न सक्दैनौं ? के भएको हो ? हामी हेपिनुहुँदैन् । हाम्रो जमिन मिचिएको छ, त्यो जमिन फिर्ता ल्याउनुपरेन ? हाम्रो जमिन अकुपाईड भयो । भारत हाम्रो मित्र हो, मित्र भनेपछि त कुरा गर्न सक्नुपर्छ । आफ्नो मर्का खुलेर भन्नुपर्छ । अनि अनकम्फर्टकवेल ढंगले कुरा गर्छ अनि हामी कम्फर्टवेल ढंगले कुरा गरौं भनेर कम्पिटेशन नगरौं । सुशासनमा सहमति गरौं । विकासमा सहमति गरौं । सामाजिक न्याय र सामनतामा सहकार्य गरौं । योग्य मान्छेबीच स्वस्थ प्रतिष्पर्धा गरौं । मेलमिलाप गरौं । आधारभूत प्रश्नमा मेलमिलाप गरौं । थिति र विधिअनसार सरकार चल्ने कुरामा मेलमिलाप गरौं । यस दिवसले हाीलाई यथार्थ मेलमिलापतर्फ अघि बढ्न प्रेरिरत गरोस ।’



प्रतिक्रिया दिनुहोस्