Logo

बालकुमारी घटनामा मारिएका २ युवकको शव आज सुर्खेत लगिँदै



काठमाडौं,१७ पुस । शुक्रबार ललितपुरको बालकुमारीमा भएको झडपमा परेर ज्यान गुमाएका २ युवकको शव आज सुर्खेत लगिने भएको छ ।

बालकुमारी घटनामा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको शव गृह प्रदेशमा लैजान लागिएको हो । दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम पछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको छ । नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ ।

शुक्रबार बालकुमारीमा ईपीएस भाषा परीक्षा सम्बन्धमा आन्दोलनरत आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीले भने वीरेन्द्रलाई मात्र गोली लागेको र सुजन भागदौडमा परेर घाईते भएको दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्