Logo

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणलाई सबै दलले सकारात्मक रुपमा लिनुपर्छ : शर्मा (भिडिओसहित)



काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामकुमार शर्माले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल बनाउने हो भने भारत र चीनसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।

उनले देशका विद्यमान सबै दलहरुको विदेश नीतिबारे समान धारणा हुनुपर्नेमा जोड दिए । भारतसँग नेपालको युगौंदेखिको सम्बन्ध रहेको भन्दै यसलाई अझै बलियो बनाएर जाँदा नेपालको भविष्य रहेको उनको भनाई छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमण सफल हुने उनको दाबी छ । भारतीय विदेशमन्त्री जयशंकरको हुन लागेको नेपाल भ्रमण आफूहरुको लागि अन्यन्तै महत्वपूर्ण रहेको भन्दै सबै दलले यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए ।

भारतले नेपालसँग १० वर्षभित्र १० हजार मेगावाट विद्युत किन्ने सम्झौता भएको उल्लेख गर्दै यो नेपालको विकासको लागि माइलस्टोन भएको शर्माको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्