Logo

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूमा अब राजनीतिक भागबण्डा नहुने स्पष्ट पारेका छन् । आज (मंगलबार) कान्तिपुर एजुकेसन समिट (शैक्षिक बहस) को उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विश्वविद्यालयलगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गरे । त्रिविको उपकुलपति रिक्त छ । त्यसको संकेत गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,‘मैले घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन । मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन् । म मेरो सङ्कल्पमा दृढ छु । यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ, विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ । विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्नेछ ।’

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्