काठमाडौं,१८ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
बुधबार राजधानीमा सम्पन्न प्रतियोगीमा उपविजेता बनेको कोशीकी कप्तान तथा राष्ट्रिय टिमकी पूर्व कप्तान, अलराण्डर रुविनाले सर्वोत्कृष्ट बन्दै स्कुटर जितेकी छन् । कूल १० खेलमा ३४५ रन जोडेकी रुविनाले बलिङतर्फ पनि १० विकेट हात पारिन् ।
त्यस्तै मधेश प्रदेशकी पूजा महतो बलिङतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । ७ खेलमा १२ विकेट लिएकाी पूजा उत्कृष्ट बलर घोषित हुँदा गण्डकी प्रदेशकी खेलाडी सुमना विष्ट उत्कृष्ट ब्याटर घोषित भईन् । उनले ७ खेलमा २१२ रन जोडेकी छिन् । पूजा र सुमन दुबैले समान ५० हजार पुरस्कार पाउनेछन् ।
गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदीयमान खेलाडी घोषणा भइन् । उनले ७ खेलमा ९१ रन बनाएकी थिइन्, जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ खेलेकी थिइन् । उनले ५० हजार बराबरको क्रिकेट सामाग्री प्राप्त गरेकी छिन् ।