काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकको क्रममा भएको चार सम्झौतामध्ये एक सम्झौताबारे प्रश्न उठाएका छन् । उनले चारमध्ये एक सम्झौतालाई आश्चर्यजनक सम्झौताको संज्ञा दिएका छन् ।
खनालले चारमध्ये एक आश्चर्यजनक भनेका उक्त सम्झौताबारे यसरी आपत्ति जनाएका छन्–‘त्यो सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपाल स्थित राजदुतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो ।’ file photo
यस्तो छ खनालको विज्ञप्ती