Logo

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता



काठमाडौं, २० पुस । २ दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

नेपालमा रहँदा जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र माधव नेपालसँग शिष्टाचार भेट गरेका थिए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्