Logo

भन्सारसम्बन्धी आजपाको माग आइतबारसम्म सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता



काठमाडौं, २० पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सारमा भैरहेको लुटकारी प्रावधान खारेजसम्बन्धी उठाएको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

आजपाका अध्यक्ष साहले आज (शुक्रबार) विहान प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा आफ्नो दलले भन्सारमा ४५ प्रतिशत कथित पुरस्कारको प्रावधान खारेजीको माग राखेर गरिरहेको आन्दोलनबारे सरकारको धारणा मागेका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले आफू आजपाको भन्सारसम्बन्धी प्रावधानविरुद्धको आन्दोलनबारे जानकार रहेको र आगामी आइतबारसम्म माग पूरा गराउने प्रतिबद्धता जनाएको साहले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

आजपाको भन्सारमा पुरस्कारको नाममा राखिएको प्रावधान/व्यवस्था लुटकारी भन्दै खारेजीको माग राखेर आन्दोलन गरेको आज २० दिन पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्