Logo

सत्ता गठबन्धनको बैठक सकियो, राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई नसमेट्ने



काठमाडौं, २१ पुष । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि भागबण्डाबारे छलफल भएको हो ।

यसअघि राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि समेट्नेगरि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा प्रस्ताव गरेका थिए । प्रधानमन्त्री दाहालको उक्त प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव सकारात्मक थिए ।

तर, टिआरसी विद्येयक टुँगो लगाउनको लागि एमालेले अड्को थापेको भन्दै अब राष्ट्रियसभामा समेट्न नसक्ने गठबन्धनका शीर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । हिजोमात्र कांग्रेस सभापति देउवाले रिपोर्टर्स नेपाल डटकममार्फत एमलेलाई राष्ट्रियसभाको निर्वाचनमा अब समेट्न नसकिने खुलासा गरेका थिए ।

१९ सिटको लागि हुने राष्ट्रियसभाको निर्वाचनको लागि पर्सी उम्मेद्वारी दर्ता हुँदैछ । त्योभन्दा अघि नै गठबन्धनमा सिटको भागबण्डा हुँदैछ । file photo



प्रतिक्रिया दिनुहोस्