Logo

रौतहटका आवास पीडित दलितहरु आन्दोलित, अधुरो घरको निर्माण पूरा गर्न माग



काठमाडौं, २२ पुष । रौतहटको मौलापुर–पतौराका पीडित परिवारले अधुरो घरको निर्माण कार्य पूरा गर्न र निर्माण कार्यको भुक्तानी माग गर्दै आन्दोलन थालेका छन् ।

रौतहटका आवास पीडित दलितहरुले आज गौरस्थित् प्राविधिक कार्यालय घेराउ गरेका छन् । मधेश प्रदेश सरकारद्धारा जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८ मै मौलापुर नगरपालिकामा बनाउन सुरु गरिएका घरहरु अझै अधुरा छन् ।

घर निर्माणमा भएको भुक्तानी हालसम्म पीडितहरुले पाएका छैनन् । निर्माणाधिन घरहरुको काम पनि रोकिएकाले पीडितहरुले गौरमा प्रदर्शनसहित प्राविधिक कार्यालय घेराउ गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्