काठमाडौं, २३ पुष । राष्ट्रिय मानवअधिकार आयोगले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा प्रहरी अधिकारदेखि चिकित्सकसमेतको दोष देखाएको छ । प्रहरीले पीडित परिवारको उजुरी दर्ता गर्न बेवास्ता गरेको आयोगको ठहर छ ।
आयोगले पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत निर्देशन दिएको छ । आयोगले साहकी बहिनी मनिषालाई १ लाख ५० हजार रुपैयाँ, आमा निर्मला देवी साहलाई १ लाख रुपैयाँ र भाई प्रेम र बुबा विनोद साह र सन्तोष कुमार साहलाई जनही ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।