काठमाडौं, पुस २७ । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्ष जेरी बटिमारको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेको छ ।
अध्यक्ष जेरी बटिमारको टोली आज बिहान बालुवाटार पुगेको थियो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । अध्यक्ष जेरी बटिमार यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
भेटमा नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।