Logo

प्रधानमन्त्री कप क्रिकेटः आज तीन खेल हुँदै



काठमाडौं, माघ १ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन्। आजको पहिलो खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल अहिले बिहान ९ बजे सुरु हुने छ।

आजको अर्को खेलमा मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल अहिले बिहान ९स् १५ बजे सुरु हुने छ।

यस्तै आजै काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल पनि बिहान ९स् १५ बजे नै सुरु हुने छ।

मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ। मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ।



प्रतिक्रिया दिनुहोस्