Logo

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै



काठमाडौं, माघ ३ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। भैरहवाको सिद्धार्थ रंगशालामा हुने खेलमा कर्णाली र लुम्बिनी प्रदेश भिड्दैछन् । खेल बिहान ९ बजे सुरु हुने तालिका भए पनि मौसम प्रतिकुलताका कारण खेल अगाडी बढ्न सकेको छैन ।

दोस्रो खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच अहिले केहीबेरमा काठमाडौंंको माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। बागमतीले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिला ब्याटिङको निम्तो पाएको छ।

हालसम्मको नतिजाअनुसार एपीएफ क्लब दुई खेलमा चार अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। समान ४ अंक जोडेको सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब नेट रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 400



प्रतिक्रिया दिनुहोस्