काठमाडौं, ४ माघ । बुटवल निवासी सुदिप नेपालले नेपालको विकासमा कृषि उत्पादनलाई नै बढावा दिनुपर्नेमा जोड दिएका छन् । नेपालमा कृषि उत्पादन बढ्यो भने नेपालको आर्थिक अवस्थामा सुधार हुने उनको भनाई छ । कृषि उत्पादनलाई बढावा दिनको लागि आफूले सेग्रिगेशन मेशिन बनाएको र यसले फोहोरको दीर्घकालिन व्यवस्थापन पनि गर्ने उनको भनाई छ ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालले नेपालको समग्र विकासमा आफूले नयाँ प्रविधिमार्फत योगदान पुर्याउने काम गरेको सुनाए ।
उनले कुहिने चीजलाई लिएर मल बनाईयो भने ग्याँस बन्ने र मल उत्पादन हुने सुनाए । यस्तै, उनले ढुंगा, गिट्टी नेपालको पर्यावरणमा असर नगर्नेगरी आफूले निकाल्नको लागि नयाँ विधि निकालेको पनि दाबी गरे ।
सुनौं नेपालको कुरा