Logo

कस्तो रहला आजको मौसम?



काठमाडौं, माघ ९। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्