Logo

कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान



काठमाडौं,११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् ।

निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रकी चम्पा कार्की, नेकपा एमालेकी रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेल चुनावी मैदानमा छन् ।

राप्रपा र एमालेले एकार्कालाई सघाउने निर्णय गरेका छन् । एमालेले आफ्ना उमेदवार पर्शुराम अधिकारीलाइ निष्क्रिय गराई राप्रपालाई सघाउने सहमति गरेको हो ।



प्रतिक्रिया दिनुहोस्